कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा लागू औषधसहित दुई युवक पक्राउ परेका छन्।
मिति २०८२ फागुन २३ गते राति करिब १२:०० बजेको समयमा जनता स्कुल नजिक रहेको अस्थायी प्रहरी पोस्ट विशालनगरबाट खटिएको पैदल गस्ती टोलीले शंका लागेपछि दुई जनालाई चेकजाँच गरेको थियो। प्रहरी सहायक निरीक्षक दिलबहादुर बोगटी, जवान सन्तोष मल्ल र दिनेश चन्दसहितको टोलीले चेकजाँच गर्ने क्रममा धनगढी–३ राना टोल बस्ने वर्ष २३ का अमन राना र वर्ष १७ का विपिन रानाको साथबाट ९९० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो।
लागू औषधसहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।