शनिबार, बैशाख ५, २०८३

कैलालीमा प्रहरीले समात्यो कुर्ता सुरवाल

कैलालीबाट प्रहरीले कुर्ता सुरवाल बरामद गरेको छ । धनगढी उपमहानगरपालिका – ३ सिसा पोस्ट नजिकबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी २१ हजार बराबरका बराबरको कुर्ता सुरवाल लगायतका  सामानहरू बरामद गरिएको हो ।
शुक्रवार साँझ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा उक्त सामान बरामद गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।