शनिबार, बैशाख ५, २०८३

कैलालीबाट लागू औषध र जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

कैलालीबाट लागू औषध र जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भएर फरार रहेका २ जनालाई शुक्रवार पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा लागू औषध मुद्दामा १ महिना २५ दिन कैद सजाय तोकिएका टीकापुर नगरपालिका – १ पशु हाट बजारका २८ वर्षीय युवराज थापा र जबरजस्ती करणी मुद्दामा ३ लाख जरिवाना तोकिएका बर्दगोरिया गाउँपालिका – ५ का ३५ वर्षीय राजेश डगौरा रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।