शनिबार, बैशाख ५, २०८३

जस्मिन मसलाको ‘ट्रिपल धमाका’ लक्की ड्र सुर्खेतमा सम्पन्न, ४३ इन्च टिभी मुख्य आकर्षण

त्रिशुल फुड्स प्रा.लि अन्तर्गतको जस्मिन मसलाले दसैँ तिहारलाई लक्षित गरी आयोजना गरेको ‘ट्रिपल धमाका’ लक्की ड्र कार्यक्रम२०८२/१२/७ गते बिरेन्द्रनगर सुर्खेतको होटेल शुभ मा सम्पन्न गरेको छ। कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक राजाराम खरेल, सेल्स डाइरेक्टर कञ्चन कुमार मिश्र, सेल्स म्यानेजर मदन श्रेष्ठ, लुम्बिनी / कर्णाली/ सुदुर पश्चिममा कार्यरत कम्पनी प्रतिनिधी, लुम्बिनी ,कर्णाली तथा सुदूरपश्चिम क्षेत्रका आधिकारिक डिलरहरू, सुर्खेत / दैलेखका होलसेल तथा खुद्रा किराना व्यवसायीहरू गरी करिब ३०० जनाको उपस्थिति रहेको थियो।

विगत १५ वर्षदेखि नेपाली बजारमा आफ्नो उपस्थिति जमाउँदै आएको जस्मिन मसलाले यसपालि देशभर चारवटा स्थानमा लक्की ड्र कार्यक्रम गर्ने योजना बनाएको छ । जस अनुसार २०८२ सालको पहिलो कार्यक्रम सुर्खेतमा सम्पन्न भएको छ । यसपछि, पोखरा, इटहरी, र काठमाडौंमा पनि यो कार्यक्रम आयोजना गरिने कम्पनीका प्रवन्ध निर्देशक राजाराम खरेलले जानकारी गराउनु भयको छ।

लक्की ड्र मार्फत विभिन्न आकर्षक उपहारहरू प्रदान गरिएको छ। जसअनुसार प्रथम पुरस्कार ४३ इन्चको टिभी महेन्द्रनगरका जय कैलपाल किरानाले प्राप्त गर्नु भयको छ भने द्वितीय पुरस्कार फ्रीज तुल्सिपुर का ब्यापारी गौतम ट्रेडस र सुर्खेतका ब्यापारी न्यौपाने स्टोरले प्रात गरेको सेल्स डाइरेक्टर कन्चन कुमार मिस्स्राले जानकारी दिनु भयो

तृतीय पुरस्कारअन्तर्गत पाँच जनालाई मिक्चर प्रदान गरिएको छ । चौथो पुरस्कार २५ जनालाई स्ट्यान फ्यान प्रदान गरिएको छ। त्यस्तै सान्त्वना पुरस्कारअन्तर्गत ५० जनाले ट्राभल ब्याग प्राप्त गरेका छन्।

यस कार्यक्रममार्फत कम्पनीले आफ्ना डिलर, वितरक, तथा खुद्रा व्यवसायीहरूसँगको सम्बन्ध अझ मजबुत बनाउने लक्ष्य लिएको छ। जस्मिन मसलाले आगामी वर्षहरूमा पनि यस्ता ग्राहकमुखी कार्यक्रमहरू गर्दै जाने बताएको छ।