शनिबार, बैशाख ५, २०८३

दार्चुलामा रेस्टुरेन्टभित्र जुवाखाल, ७ जना समातिए

दार्चुलाः दार्चुलामा ७ जना जुवाडे नगदसहित पक्राउ परेका छन्।

जिल्लाको महाकाली नगरपालिका–४ तल्लासैनस्थित सोही ठाउँ वस्ने ५२ वर्षीय मोहनसिंह बिष्टले संचालन गरेको अपि रेस्टुरेन्टमा जुवातास खेलिरहेको बिष्टसहित ७ जनालाई सोमवार साँझ प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार २०५ र २ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।