कैलालीको चुरे गाउँपालिकामा “चुरे आइडल” कार्यक्रम सम्पन्न भएको छ । ई एल नेपाल प्रालिको आयोजना तथा गाउँपालिकाको आर्थिक सहयोगमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमका संयोजक गणेश नाथ योगीको सभापतित्वमा सम्पन्न कार्यक्रममा गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटी प्रमुख अतिथि रहनुभएको थियो भने उपाध्यक्ष धनादेवी थापा विशिष्ट अतिथि रहनुभएको थियो ।
यसैगरी कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धर्मराज खत्री, इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक किशोर जोशी, विभिन्न विद्यालयका व्यवस्थापन समिति अध्यक्ष, सुरक्षाकर्मी, पत्रकार तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।
प्रतियोगिताको निर्णायकमा गायक ध्वज बहादुर महरा, सौगात ओझा र गायिका धन्सरा साउद रहनुभएको थियो । कार्यक्रम सञ्चालन नरेश नाथ योगी र गणेश बिष्टले गर्नुभएको थियो ।
प्रतियोगितामा विनोद सुनार प्रथम, हिमानी थापा मगर द्वितीय, एन्जल सुर्जा मगर तृतीय, भवानी चौथो तथा प्रतीज्ञा कडेल पाँचौँ स्थान हासिल गर्न सफल भएका छन् ।
चुरे गाउँपालिकामा सम्पन्न भएको “चुरे आइडल” प्रतियोगितामा विनोद सुनारले प्रथम स्थान हासिल गर्दै आफ्नो उत्कृष्ट प्रतिभा प्रस्तुत गरेका छन्। सुरु देखि नै आत्मविश्वासका साथ मञ्चमा उत्रिएका सुनारले आफ्नो सुमधुर स्वर र प्रस्तुतीमार्फत निर्णायक तथा दर्शकको मन जित्न सफल भए।
प्रतियोगितामा विजयी भएपछि उनले खुशी व्यक्त गर्दै भने, “यो जित मेरो मात्र नभई मलाई साथ दिने परिवार, गुरु र सम्पूर्ण चुरे गाउँपालिकाबासीको हो। यहाँसम्म पुग्न धेरै संघर्ष गरेको छु, आजको यो उपलब्धिले अझ राम्रो गर्न प्रेरणा दिएको छ।”
उनले आगामी दिनमा संगीत क्षेत्रमै अघि बढ्ने लक्ष्य रहेको बताएका छन्