धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटनामा प्रहरी जवान गम्भीर घाइते भएका छन् ।
कैलारी गाउँपालिका–१ भर्री चोकमा सुदूरपश्चिम प्रदेश ०१००८ प ४८१२ नम्बरको मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिदा भएको दुर्घटनामा ट्राफिक प्रहरीका जवान गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा अस्थायी ट्राफिक पोष्ट हसुलियामा कार्यरत प्रहरी जवान अनिल कुमार रावल रहेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
उनकाअनुसार रावलले चलाएको मोटरसाइकलले साइकल यात्री कैलारी गाउँपालिका–३ का २६ वर्षीय चौधरीलाई ठक्कर दिएको थियो ।
ठक्करबाट चौधरी सामान्य घाइते भएपनि रावलको अवस्था भने गम्भीर छ । टाउकोमा चोट लागेर बेहोस भएका रावलको निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।