भारतको नयाँ दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल दुई नेपाली नेता गिरफ्तारका विषयमा टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको विषयमा उनले टिप्पणी गरेका हुन् ।
शनिबार (चैत १४) सामाजिक सञ्जाल एक्स (पहिले ट्विटर भनिने)मा उनले ओली र लेखक पुरानो ‘कुकर्म’का कारण पक्राउ परेका उल्लेख गरेका छन् । “नेपालका पूर्वप्रधानमन्त्री र (पूर्व) गृहमन्त्री आफ्नो पुरानो कुकर्मका कारण गिरफ्तार,” उनले लेखेका छन् ।
शनिबार बिहान ओली र लेखकलाई भक्तपुरस्थित उनीहरूका निवासबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।