धनगढी उपमहानगरपालिकाद्वारा सञ्चालित आधारभूत तह (कक्षा ८) को २०८२ सालको परीक्षामा द दरबार स्कुलले सतप्रतिशत (१००%) उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयका सबै विद्यार्थीहरू A+ र A ग्रेडमा उत्तीर्ण हुन सफल भएका हुन्।
विद्यालयले अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि निरन्तर उत्कृष्ट नतिजा कायम राख्दै आफ्नो शैक्षिक गुणस्तरलाई पुनः प्रमाणित गरेको छ। यस उपलब्धिले विद्यालय परिवार, विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूमा खुसी र गर्वको वातावरण सिर्जना गरेको छ।
विद्यालय प्रशासनले आगामी दिनहरूमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै अझ उत्कृष्ट नतिजा हासिल गर्ने प्रतिबद्धता जनाएको छ।