शुक्रबार, बैशाख ४, २०८३

डोटीकी देउसिंको परिवारलाई बलायरको राहत

डोटी – डोटीको पूर्वीचौकी गाउँपालिका – ७ टेटाडा निवासी देउसिं लोहारको परिवारलाई राहत सामग्री वितरण गरिएको छ । शनिवार सुजंग अस्पताल राजपूर डोटीका प्रशासन प्रमुख अर्जुन बलायर र सुजंग बोर्डिङ स्कुल राजपुर डोटीका प्रबन्धक नरेश बलायरले राहत सामग्री वितरण गरेका हुन् ।

साहुको खलो थापेर छ जनाको परिवार चलाइरहेका देउसिं लोहारको पारिवारिक स्थिति सामुदायिक रेडियो स्मार्ट एफएमले आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रसारण, प्रकाश गरे पछि देउसिंको घरमा पुगेर राहत सामाग्री वितरण गरिएको हो ।

दयनीय जीवन गुजारी रहेका परिवारलाई अलिकति राहत होस भन्ने हेतुले ५ बोरा चामल १० किलो दाल १ पेटी खाने तेल ५ किलो नुन, एक जोर सिरक बिस्तरा, बालबालिकाकाको लागि शैक्षिक सामाग्री, झोला, सबै परिवारलाई लुगा कपडा ,र चप्पल वितरण गरिएको छ ।

राहत सामाग्री वितरण गर्दै सुजंग अस्पताल राजपुर डोटीका प्रशासन प्रमुख अर्जुन बलायरले सानो सहयोगले थोरै राहत भए पनि राहत पुग्ने अपेक्षा लिएको बताए । उनले अस्पतालले प्रदान गर्ने सेवा देउसिंको परिवारलाई निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।