धनगढी — सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले धनगढी उपमहानगरपालिका–४ कैलालीका शैलेन्द्र कुँवरलाई सुदूरपश्चिम प्रदेश युवा परिषद् सदस्य पदमा मनोनयन गरेको छ।
मन्त्रालयद्वारा जारी पत्र अनुसार सुदूरपश्चिम प्रदेश युवा परिषद् (गठन) आदेश, २०७७ को दफा ५ को उपदफा (१) को खण्ड (छ) बमोजिम मन्त्रीस्तरीय निर्णयबाट कुँवरलाई परिषद् सदस्यमा मनोनयन गरिएको हो। उनलाई सोही आदेशको व्यवस्था अनुसार तोकिएको अवधिका लागि जिम्मेवारी दिइएको जनाइएको छ।
मन्त्रालयले मनोनयनसँगै कुँवरले युवासम्बन्धी नीतिगत तथा कार्यक्रमगत कार्यहरू प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरेको छ। साथै, सफल कार्यकालको शुभकामना समेत व्यक्त गरिएको छ। 