बुधबार, बैशाख १६, २०८३

सरकार टाउकोले टेकेर उल्टो बाटोमा हिँडिरहेको छ, गन्तव्यमा पुग्दैनः एमाले प्रमुख सचेतक महर

कैलाली । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले वर्तमान सरकार उल्टो गतिमा हिँडिरहेको बताएका छन्। प्रेस चौतारी नेपाल कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले युवाको विषयले रास्वपाले राम्रो जनमत पाएको तर पछिल्लो कार्यशैलीले सरकारको गति ठीक नभएको टिप्पणी गरे।

‘रास्वपाले पुस्तान्तरणको विषयले जनमत पाएको हो। यो सरकार र पार्टीलाई असफल हुने छुट छैन, तर पछिल्ला कामकारबाही ठीक छैनन्, ’ उनले भने, ‘सरकार टाउकोले टेकेर उल्टो बाटोमा हिँडिरहेको छ, यसरी गन्तव्यमा पुग्न सकिँदैन। ’