बुधबार, बैशाख १६, २०८३

कञ्चनपुरमा खैरो हेरोइनसहित दुई जना पक्राउ

कञ्चनपुर । जिल्लाको लालझाडी गाउँपालिका–५ गडबिजला क्षेत्रबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

सोमबार गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झलारी र गुलरिया कञ्चनपुरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा कृष्णपुर नगरपालिका–२ बाणी बस्ने ३२ वर्षीय केशव भण्डारी र लालझाडी गाउँपालिका–५ बस्ने सन्तोष विकलाई नियन्त्रणमा लिएको हो।

उनीहरूको साथबाट ४ ग्राम ७६ मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।