धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढीबाट लागुऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार शुक्रबार साँझ करिब साढे ५ बजेतिर प्रहरी बरिष्ठ नायब निरीक्षक( बरिष्ठ सई) लोकेन्द्र बहादुर चन्दको कमाण्डमा खटिएको टोलीले धनगढी उपमहानगरपालिका–१ शिवनगरस्थित टिकटक पुल नजिकबाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरूको साथबाट ३ ग्राम ६०० मिलिग्राम चरेश जस्तो देखिने कालो पदार्थ र ३५ ग्राम हरियो गाँजाको पात बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा धनगढी–१५ का ३० वर्षीय रामस्वरुप राना, धनगढी–८ का ५६ वर्षीय शेरबहादुर चौधरी, कैलारी गाउँपालिका–५ का २५ वर्षीय शिवा चौधरी, कञ्चनपुरका २० वर्षीय रोशन राना र भारतको लखिमपुर खिरी निवासी २६ वर्षीय महोमद आसीप रहेका छन्।
उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।