मङ्लबार, जेष्ठ १२, २०८३

एश्वर्य विद्या निकेतनमा जरादेखि गौरव क्रिकेट अभियान

धनगढी– कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ स्थित एश्वर्य विद्या निकेतनले जरा देखि गौरव क्रिकेट अभियान शुभारम्भ गरेको छ ।

२०३६ को विश्व क्रिकेट खेलको लागि उत्कृष्ट खेलाडि उत्पादन गर्ने उद्देश्यसहित विद्यालयले सोमबारदेखि अभियान शुरुवात गरेको हो ।

उक्त अभियानमा धनगढी स्तरीय रहेको विद्यालयका प्रिन्सिपल सञ्जय पन्तले जानकारी दिए । धनगढी उपमहानगरपालिका र एस्वर्य बिद्या निकेतनबिच भएको सम्झौता अनुसार क्रिकेट अभ्यास बिद्यालयको प्रङ्गणमा शुरु भएको उनको भनाई छ । यो अभियानमा कक्षा ४ देखि माथिको कक्षासम्मका ईच्छुक खेलाडिहरुले अभ्यास गरिरहेको जनाइएको छ ।

सोमबारको कार्यक्रममा सम्बन्धित संस्थाका प्रतिनिधि, राष्ट्रय खेलाडि नारायण जोशि तथा बिद्यालयका प्राचार्य, सहायक प्राचार्य, शिक्षक प्रतिनिधि, विभिन्न तहका संयोजकहरु, शिक्षकहरु, अभिभावक तथा खेलाडिहरुको सहभागिता रहेको थियो ।