काठमाडौँ । रास्वपा सांसद डा. अमरेशकुमार सिंहले सरकारले आगामी आर्थिक वर्षमा शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएको भन्दै आपत्ति प्रकट गरेका छन् ।
आगामी आर्थिक वर्ष २०८३, ०८४ को बजेट माथि टिप्पणी गर्दै उनले संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकारको सूचीमा राखेको भन्दै यसमा राज्यले कर लगाउन नमिल्ने बताएका हुन् ।
म संविधानको हस्ताक्षर गरेको माननीय हो तर संविधानले ग्यारेन्टी गरेको मौलिक अधिकारमा किन कसरी कर लिन पाइन्छ उनले भने ।