शुक्रबार, असार ५, २०८३

विगतका सरकारहरुले भन्दा धेरै गुणा बढी सडक सुरक्षामा ध्यान दिएका छौंः मन्त्री लम्साल

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विगतका सरकारहरुले भन्दा सडक सुरक्षामा धेरै गुणा बढी ध्यान दिएको बताउनुभएको छ । सडक दुर्घटना रोक्न नसकेको भनि सरकारको आलोचना भईरहेका बेला मन्त्री लम्सालले यस्तो दाबी गर्नुभएको हो । बिहीवार प्रतिनिधि सभा बैठकमा आफनो मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले सरकारले ४ वर्षे योजनासहित सडक सुरक्षाको कार्ययोजना तय गरेर लागू गर्न शुरु गरिसकेको बताउनु भयो । मन्त्री लम्सालले आगामी ३ वर्ष भित्रमा जिल्ला सदरमुकाम जोडनै सबै एक लेनको सडकलाई २ लेनमा विस्तार गर्ने पनि बताउनु भयो । न्युज एजेन्सी नेपाल