बिहिबार, असार ४, २०८३

सांसदहरुलाई मन्त्री लम्सालको आश्वासनः निर्धक्क भए हुन्छ,ठूला आयोजनाका लागि बजेटको अभाव हुन्न

भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले ठूला आयोजनाका लागि पर्याप्त बजेटको व्यवस्था रहेको बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकमा आफनो मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरुले राखेका प्रश्नको जवाफ दिँदै उहाँले राजमार्गसहितका ठूल्ठूला आयोजनाको लागि आवश्यक बजेटको व्यवस्था गरिएको दाबी गर्नुभएको हो । त्यसअवसरमा उहाँले वहुवर्षीय आयोजनाहरुका लागि बजेटको अभाव नहुने कुरामा निर्धक्क हुन पनि सांसदहरुलाई आश्वास्त बनाउनु भयो । मन्त्री लम्सालले अर्थ मन्त्रालयमा अबण्डामा पनि बजेट रहेकाले आयोजनाहरुको लागि बजेटको अभाव नहुने पनि बताउनु भयो । न्युज एजेन्सी नेपाल