आइतवार, बैशाख ६, २०८३

कतारका राजा थानीले भ्रमण सफल बनाएकोमा दिए नेपाल सरकारलाई धन्यावाद

काठमाडौँ  कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीले आफ्नो नेपाल भ्रमण सफल बनाएकोमा नेपाल सरकार र यहाँका जनतालाई धन्यावाद दिएका छन ।

आफ्नो एक्स (ट्वीटर)मार्फत उनले मित्र राष्ट्र नेपालको पहिलो भ्रमणको क्रममा यहाँको ऐतिहासिक कुरा तथा आर्थिक अवस्थाको बारेमा जानकारी प्राप्त भएको बताउँदै उनले अतिथ्यका लागि उनले धन्यवाद प्रकट गरेका हुन ।

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डसँग भएको छलफलमा आर्थिक सम्बन्ध तथा द्विपक्षीय सहयोगलाई अझ उचाइमा र्पुयाउने विभिन्न विषयमा कुराकानी भएको उनले उल्लेख गरेका छन ।