मङ्लबार, जेष्ठ १९, २०८३

दीपेन्द्रले नेपाली टोलीको कप्तानी गर्ने

काठमाडौं– दीपेन्द्रसिंह ऐरीले तेस्रो टी २० खेलमा वेस्टइन्डिज ए विरुद्ध कप्तानी गर्ने भएका छन् ।

आज नियमित कप्तान रोहित पौडेललाई विश्राम दिइएको छ । पाँच खेलको सिरिज १र१ को बराबरीमा छ ।