मङ्लबार, जेष्ठ १९, २०८३

मिठो स्वाद र छिटो सेवाका कारण धनगढीमा जम्दै गाउँले रास्यो

(आज वाट होमडेलिभरीको सुविधा समेत थप)
धनगढी-मिठो खानाको परिकार र छिटो सेवाका कारण छोटो समयमानै धनगढीमा छुटै पहिचान बनाउन सफल गाउँले रोस्यो फेमली रेष्टुरेन्ट धनगढीमा जम्दै गएको छ ।

शान्त र पारिवारिक वातावरण रहेको रेष्टुरेन्ट पछिल्लो समय सवैको रोगाईमा पर्ने गरेको छ ।

उनी हुन गाउँले रोस्योको सञ्चालक सुदर्शन पाण्डेय । उनीले काठमाडौमा होटल म्यानेजमेन्ट सम्वन्धि तालिम लिएर देशका विभिन्न ठाउँका होटल तथा रेष्टुरेन्टमा अनुभव वटुलेका छन् ।

उनले पारिवारिक वातावरणमा सेवा दिने र केही भए पनि रोजगारी श्रृर्जना होस भन्ने उद्धेश्यले गाउँले रोस्यो सञ्चालन गरेका हुन ।

करिव २० लाखको हाराहरीमा रेष्टुरेन्टमा लगानी भई सकेको पण्डेय बताउछन् । आज वाट धनगढीका बजार क्षेत्रमा होम डेलीभरीको सेवा सुरु गरेको उनले जानकारी दिए । फास्टफुड लगाएतका खाने कुरा र डिनर सेट समेत होम डेलीभरी गरीने उनले जानकारी दिए ।

रेष्टुरेन्टमा आएका ग्राहकको सुझाववाट नै सेवालाई विस्तार गर्दैै लगि रहेको उनले बताए । रेष्टुरेन्ट धनगढीको बसपार्क पछाडी गोलमार्केट भित्र सञ्चालनमा छ ।

हाम्रो पहाडको भाषमा भान्सा लाई रौस्यो भन्ने चलन छ । गाउँले रोस्योमा आएर सेवा लिन पाउँदा आफुलाई धेरैनै खुसी लागेको सेवाग्राही मनोज पनेरु बताए ।

गाउँले रोस्यो नयाँ नाम भएकाले यहाँ आएको र यहाँको सर्भिस एकदमै राम्रो लागेको सेवाग्राही सुरज धामीले बताए । यहाँको वातावरण अतिनै राम्रो भएको परिवार ल्याएर आउने माहोल रेष्टुरेन्टमा रहेको उनले बताए ।

पछिल्लो समयम रेष्टुरेन्टहरुको भिड्मा छुटै पहिचान बनाएको गाउँले रोस्योले त्यहाँ पुगेर सेवा लिने जोसुकै ग्राहकको मन जित्न सफल भएको छ । ग्राहकको सुझाव अनुशारनै गाउँले रोस्योमा सेवा थप्दै जाने रेष्टुरेन्टले जनाएको छ ।