शनिबार, बैशाख ५, २०८३

बाजुराबाट रारा जाँदै गरेको विद्यार्थी सवार जिप दुर्घटना

धनगढी– बाजुराबाट रारातर्फ जाँदै गरेको जिप दुर्घटना भएको छ। जिल्लाको हिमाली गाउँपालिका–५ कोल्टिको भवानी माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई रारा लैजादै गरेको ग १ ज ८२४९ नम्बरको जिप मुगुको खत्याड गाउँपालिका वडा–२ जाम हिलटपमा दुर्घटना भएको हो।

जिपमा सवार १२ जना घाइते भएका छन्।

उनीहरूमा नौँ जना विद्यार्थी, दुई जना शिक्षक र चालक छन्। घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए। चालक लालबहादुर भण्डारीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार अन्य सबैको अवस्था सामान्य रहेको छ। जिप सडकबाट २५ मिटर तल खसेको थियो।