नेकपा एमालेका महासचिव शंकर पोखरेलले वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सत्ताको जिम्मेवारीमा पुगेपछि मात्रै पपुलिज्म (लोकप्रियतावाद) को वास्तविक क्षमता बाहिर आएको बताएका छन्। पोखरेलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन् :-नकारात्मकताभित्रको सकारात्मकता!
बालेन र रविहरूको हातमा सत्ताको बागडोर नपुगुन्जेल राजनीतिक वृत्तमा अनेकौँ ‘भ्रम’ र ‘सपना’हरूको खेती तीव्र थियो।
तर, उनीहरू स्वयम् सत्ताको कुर्सीमा पुगेपछि भने आम जनताका अगाडि भ्रमका पर्दाहरू उघ्रिँदै जाने र यथार्थ बुझ्ने उपयुक्त आधार तयार भएको छ।
पपुलिज्म (लोकप्रियतावाद) को वास्तविक क्षमता परीक्षण हुन सत्ताको जिम्मेवारीमै पुग्नुपर्ने रहेछ— यो नै वर्तमान परिस्थितिको सकारात्मक पक्ष हो!