काठमाडौं । राप्रपा छोडेर नयाँ पार्टी गठनमा लागेका डा. धवलशमशेर राणा र अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईंको ‘जय नेपाल पार्टी दर्ताका लागि साउन २९ गते निर्वाचन आयोगक जाने भएका छन् ।
निर्वाचन आयोगमा दर्ताका लागि जानेबारे सो पार्टीले विज्ञप्ति मार्फत जानकारी दिएको हो । “निर्वाचन आयोगमा दल दर्ता गर्ने सम्पूर्ण तयारी पूरा भएकोले मिति २०८३ साउन २६ गतेको कार्यदलको निर्णयबमोजिम २०८३ साउन २९ गते ‘जय नेपाल पार्टी’ विधिवत दर्ता गरिनेछ,” विज्ञप्तिमा भनिएको छ, “यस सुखद अवसरमा नयाँ प्रस्तावित दल ‘जय नेपाल पार्टी’ मा आबद्ध रहनुभएका र आबद्ध हुन चाहनुहुने सम्पूर्ण नेतागण, पार्टीपंति तथा शुभेच्छुक मित्रहरूलाई निम्न मिति र स्थानमा उपस्थित भई दल दर्ताको शुभ कार्यमा उत्साह र उमंग थप्न हार्दिक आह्वान र अनुरोध गर्दछु ।”
जय नेपाल पार्टीले साउन २९ गते दिनको १२ : ३० बजे समर्थकहरूलाई कान्तिपथ आउन आग्रह गरेको छ ।