सोमवार, बैशाख ७, २०८३

गौरिगंगाका जनप्रिय विद्यालयका शिक्षकले गरे विद्यार्थीमाथि कुटपिट तथा अपहेलना, मिलापत्र गराउँदै प्रहरी

धनगढी– कैलालीको गौरिगंगास्थित जनप्रिय माध्यामिक विद्यालयमा विद्यार्थी विरामी अनुपस्थित हुँदा शिक्षकले विद्यार्थीमाथि कुटपिट गर्नुका साथै अपहेलित गरेको पाइएको छ ।

घटना बिहिबार (साउन ३१ गते) भएको भएपनि शनिबार बाहिर आएको छ । पीडित बालकका अभिभावकले इलाका प्रहरी कार्यालय चौमालामा जाहेरी दिएपछि अहिले विद्यालय प्रशासनले सो घटनालाई ढाकछोप गर्ने प्रयास गरिरहेको जनाइएको छ ।
अभिभावक देवि साउँद (नाम परिवर्तन) का छोरालाई विद्यालयका शिक्षक जयबहादुर वयलकोटीले लठ्ठीले टाउँकोमा हानेका थिए भने दिपेन्द्र खडका, वयलकोटी लगायतका शिक्षकले विद्यार्थीमाथि अपहेलना गरेको जाहेरीमा उल्लेख छ ।

भनिएको छ –‘शिक्षक वयलकोटीले हानेको लठ्ठीले टाउकोमा चोट लागी भारतको मम्बईमा उपचार भएको छ । अझै ठिक नभएकाले धनगढी लग्ने तयारी छ । सार्वजनिक स्थानमा कुटपिट गरेको सिसिटिभीमा फुटेज उपलब्ध छ । साथै उपचार खर्च सम्पूर्ण शिक्षकहरुबाट उपलब्ध गराइदिन अनुरोध छ ।’

विद्यार्थीले विरामी भएकोले उपस्थित हुन नसकेको कारण देखाउँदा शिक्षकहरुले कुटपिट गर्नुका साथै अपहेलित गरेको निवेदनमा उल्लेख छ । भनिएको छ –‘शिक्षकहरुले एचआइभी लागेर विद्यालय नआएको हो भनेर सम्पूर्ण विद्यार्थीहरु सामु भने ।’ शिक्षकले सबैका अगाडि यस्तो अपहेलित शब्द प्रयोग गरेका कारण विद्यार्थीलाई विद्यालय जान पनि इच्छा नभइरहेको अभिभावकले बताए । उनले भने –‘एचआइभी जस्तो गम्भिर आरोप लगाएर विद्यार्थीको मनोविज्ञानमा गहिरो नकरात्मक असर परेको छ । यसको जिम्मा कस्ले लिन्छ ।’

इलाका प्रहरीले यस विषयमा शिक्षकहरुमाथि कारबाही गर्नुभन्दा अभिभावकलाई बोलाएर मिलापत्र गराउने तयारी गरेको छ । उनले भने –‘छलफलका लागि बोलाएका छन् । अहिले केही भएको छैन् ।’
वरिष्ठ प्रहरी नायव निरिक्षक नरेश ढकालले सोमबार पीडित पक्षबाट ठाडो जाहेरी परेको बताउँदै –‘अहिले ११ बजेतिर दुबै पक्षलाई राखेर छलफल गरिने छ । पीडित पक्षका धारणा अनुसार प्रहरीले काम कारबाही अघि बढाउने छ ।’