कञ्चनपुरको पुनर्वासमा “लागू औषध तथा दुर्व्यसन मुक्त पुर्नवास अभियान” सुरु हुने भएको छ । मालिका युवा क्लब पुनर्वास १ को आयोजनामा उक्त अभियान सुरु हुन लागेको हो।
पछिल्लो समय युवाहरू दिनप्रतिदिन लागु पदार्थको सेवन तथा प्रयोगमा बढ्दै गएको, गाउँघरमा अपराधिक क्रियाकलाप बढ्दै गएको र भविष्यका कर्णधार युवाहरू यसरी बिग्रिरहेको देख्न नसकेर यो अभियान सुरुवात गरेको क्लबका अध्यक्ष पारस विकले जानकारी दिनुभयो ।
युवालाई लागू औषध तथा दुर्वेसनिका विषयमा जानकारी गराई यसले पार्न सक्ने दीर्घकालीन असर न्यूनीकरणका लागि उनीहरूलाई यस अभियान मार्फत दुर्व्यसनमा फस्न नदिने अभियानको लक्ष्य रहेको उहाँले बताउनुभयो ।
पुनर्वासमा “लागू औषध तथा दुर्व्यसन मुक्त पुर्नवास अभियान” फागुन २४ गते शनिबारबाट नै सुरुवात गरिने अभियानका संयोजक नवीन पार्कीले बताउनुभयो । स्थानीय युवाहरूको सक्रियतामा अभियान पुनर्वास १ मा रहेको मालिक आधारभूत विद्यालयमा एक कार्यक्रमका बीच आज सुरु हुने उहाँले जानकारी दिनुभयो । दिउँसो ३ बजे अभियानको सुरुवात गरिनेछ। अभियान सफल बनाउन सबैलाई कार्यक्रममा सहभागिता जनाउन पनि उहाँले आग्रह गर्नुभयो। अभियानलाई स्पोन्सर शंकर एजुकेसन नेटवर्क प्राली धनगढीले गरेको छ। अभियानको प्रशिक्षक तथा सल्लाहकार आरपी सार्की रहनुभएको छ।