धनगढी,३ चैत – माछा मार्ने क्रममा गोहीले आक्रमण गर्दा कैलालीमा एक जना घाईते भएका छन । गोहीले आक्रमण गर्दा जिल्लाको भजनी नगरपालिका– ८ सोनाफाँटाका ४० वर्षिय गंगालु चौधरी घाईते भएका हुन । पथरिया नदीमा माछा मार्ने क्रममा चौधरीलाई गोहीले आक्रमण गरेको प्रहरीले बताएको छ ।
गोहीले चौधरीको हातमा आक्रमण गरेको र उनको टीकापुर अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।