धनगढी– कैलालीको धनगढीस्थित एश्वर्य विद्या निकेतनमा तरुण दल क्षेत्र नम्बर ५ ले सरसफाई गरेको छ ।
स्ववियु निर्वाचनका क्रममा प्रयोग भएका पर्चा पम्पलेटहरु मैदान र सडकमा फालिएपछि सरसफाई गरेको हो ।
नेपाल तरुण दल कैलाली क्षेत्र नम्बर ५ का क्षेत्रिय सभापति शैलेश कुवर र तरुण दल क्षेत्र नम्बर ५ प्रदेस ‘ख’ का सभापति तेजु रोकायको अध्यक्षतामा सरसफाई गरिएको छ ।

सो कार्यक्रममा तरुण दल केन्द्रीय सदस्य लोक बहादुर खड्का (रबि), बिष्णु ऐडि, तरुण केन्द्रीय सदस्य तथा पार्टी महाधिवेशन प्रतिनिधि दिपेन्द्र बम र तरुण दल जिल्ला सदस्यहरु, प्रदेश पधाधिकारी, नगर पधाधिकारी, नरेश कुवर ,गौरब पाण्डे ,नबिन रावल, जिबन खड्का , बिनय चोखाल लगायतको सहभागिता रहेको थियो ।