डोटी बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) प्यानलले विजय हासिल गरेको छ।
मंगलबार सम्पन्न निर्वाचनमा इन्द्र राणा नेतृत्वको प्यानल विजयी भएको हो। सभापति पदमा विजयी भएका राणाले २२१ मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका सुरेश रोकायाले ११० तथा अखिल क्रान्तिकारी/समाजवादीका साझा उम्मेदवार अजित सिंहले ८८ मत प्राप्त गरे।
सचिव पदमा नेविसंघका साजन रावल २१९ मत प्राप्त गरी विजयी भए। अखिल क्रान्तिकारी/समाजवादीका हरिस बोगटीले ११० तथा अनेरास्ववियुका मोहन ऐरले ९५ मत प्राप्त गरे।
कोषाध्यक्ष पदमा नेविसंघकी दीपा विष्ट २२० मत प्राप्त गर्दै निर्वाचित भइन्। अनेरास्ववियुकी ईश्वरी मलासीले ११५ तथा अखिल क्रान्तिकारीकी रुकमणी विष्टले ७७ मत प्राप्त गरे।
सदस्य पदमा विजयी हुनेहरू:
- रविन्द्र भण्डारी (२१३)
- हरिस साउद (२२९)
- उषा धामी (२२१)
- धर्मसीं बम (२२०)
- पुष्कर बोहरा (२१८)
समानुपातिकतर्फ नेविसंघले २२० मत प्राप्त गर्यो, अनेरास्ववियुले १०१, अखिल क्रान्तिकारीले ७४ तथा अखिल समाजवादीले १६ मत प्राप्त गरे।
डोटी बहुमुखी क्याम्पसमा कूल ५८० मतदाता रहेकोमा ४३१ मत खसेको थियो।