आइतवार, बैशाख १३, २०८३

कैलालीको एक घरमा आगलागी, १५ लाखको क्षति

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–१४ मा एक जनाको घरमा आगलागी भएको छ।

धनगढी उपमहानगरपालिका–१४ एफगाउँ बस्ने कामी तामाङको गोठ र घरमा मंगलबार दिउँसो आगलागी भएको प्रहरीले जनाएको छ। उक्त आगलागीबाट तामाङको घर र गोठ पूर्णरूपमा जलि १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।