धनगढी , ७ चैत / कैलालीमा सुस्त मनस्थितिकि किशोरीलाई जबर्जस्तीकरणी गरेको आरोपमा १६ वर्षीय किशोरलाई पक्राउ गरिएको छ ।
बुधबार साँझ साढे ४ बजे कैलारी गाउँपालिका-८ बस्ने किशोरले १५ वर्षीया मानसिक रूपमा सुस्त किशोरीलाई जबर्जस्तीकरणी गरेको भन्दै खबरप्राप्त भएपछि खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले किशोरलाई पक्राउ गरेर नियन्त्रणमा राखिएको बताए । पीडित किशोरीलाई स्वास्थ परीक्षणका लागि सेती प्रादेशिक अस्पताल पठाइएको छ ।