धनगढी –
धनगढीमा शनिवार यमहा कम्पनीले आफनो स्कुटरको प्रचार गर्ने भन्दै र्याली कार्यक्रम आयोजना गर्यो । र्यालीमा २५ भन्दा वढी स्कुटरहरु प्रयोग गरिएको थियो ।
तर ति प्रयोग भएका स्कुटरको नम्बर प्लेट कनै सादा थियो भने कुनैमा स्कुटरको नं. प्लेट मार्करले लेखेको पाईएको छ । हामीलाई धनगढीका स्थानियको गुनासो आए पछि कैलाली ट्राफिक प्रमुख प्रहरी निरिक्षक चक्र बहादुर देउवा संग बुझ्न खोज्दा उनले सवारी साधनमा नम्बर. नलेखाई सडकमा हिडेको पाईए कानुन बमोजिम कार्वाही गर्ने बताए ।
पछिल्लो समय धनगढीमा प्रचार प्रसारका क्रममा प्रयोग हुने मोटरसाईकलमा सवारी नियम उल्लघन हुदा समेत कार्वाही गर्ने निकाय मौन जस्तै बनेको छ ।
