शुक्रबार, बैशाख १८, २०८३

कैलालीमा दुलाहा सम्पर्कविहीन, दुलही प्रहरी चौकीमा

धनगढी – कैलालीमा विवाहको सबै बन्दोबस्त भइसकेपछि दुलाह सम्पर्कविहीन भएका छन्।

दुलाहा सम्पर्कविहीन भएपछि दुलही खोजीको माग गर्दै प्रहरी चौकी पुगेकी छन्। इलाका प्रहरी कार्यालय मालाखेतीकाअनुसार तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका गौरीगंगा नगरपालिका–४ राजीपुर बस्ने २४ वर्षीय रमेश ९नाम परिवर्तन० र संगिता ९नाम परिवर्तन०को ३० वैशाखमा विवाह हुने तय भएको थियो।

उनीहरूले विवाहका लागि आफन्तजनलाई निमन्त्रणा समेत गरिसकेका थिए। २५ गते भारतको पलिया र धनगढीमा विवाहका लागि गरगहना र लत्ताकपडा समेत सपिङ्ग गरेका थिए। सो दिन दुवै जना धनगढीबाट छुटिएका थिए। तर, सोही दिनदेखि उनी सम्पर्कविहीन भएको भन्दै आइतवार युवती इलाका प्रहरी कार्यालय मालाखेती पुगेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालयले उनको खोजी भइरहेको जानकारी दिएको छ।