शुक्रबार, बैशाख १८, २०८३

धनगढी ट्राफिक प्रहरी एक्सनमा – अनुमति पत्र नलिईएका सवारी चालकलाई होल्ड

सरस्वती विक
धनगढी –
उनी हुन जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी सहायक हवल्दार हेम राज जोशी । पछिल्लो समय धनगढीमा ट्राफिक प्रहरीले कडाईका साथ आफ्नो काम कार्वाही अगाडी वढाएको छ ।
सहायक हवल्दार जोशीले अटो चालकको सवारी लाईसेन्स चेक गर्दै गर्दा सयौ अटो चालकले आटोको चालक अनुमति पत्र नलिएको पाईएको हो । चालक अनुमति पत्र नभएकाको अटो होल्ड गरिएको छ ।

विगित तिन दिन देखि पिक समयमा ट्राफिक प्रहरीले सवारी चालक अनुमति पत्र चेक जाँचमा कडाईका साथ काम थालेको छ ।
हामीले पछिल्लो समय अटो चालक साथीहरुलाई सवारी चालक अनुमति पत्र लिएर मात्रै सवारी चलाउनको लागि पटक पटक सम्झाई बुझाई गरेको र कार्यालयमा समेत बोलाई सचेतना कक्षाहरु सञ्चालन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख चक्र बहादुर देउवाले बताए । अहिले हामीले चेकजाँचमा कडाई गरेका छौं सवारी चालक अनुमति पत्र नभएका सवारी चालकलाई जिल्ला प्रहरी कार्यालयको हाता भित्र होड गर्ने र सचेतना कक्षा सहित जरिवाना गरेर छोड्ने गरेको उनले बताए ।

कैलाली जिल्ला भरि दुई सय भन्दा बढी अटो चालकलाई कार्वाही गरि सकेको बताउदै भोलि दुर्घटना भएको खण्डमा विमा समेत नपाईने अवस्था आउन सक्छ त्यसैले कानुन संम्वद चल्न उनले अनुरोध गरे ।

धनगढीमा ट्राफिक प्रहरीले पछिल्लो समयमा कडाईका साथ काम गरी रहेको छ । ट्राफिक प्रहरीले सप्राईज चेकिङ, नियमित रुपमा धनगढीका विभिन्न स्थानमा सवारी चेकजाँच, सवारी व्यवस्थापन, क्युआरटी अगाएतका कामलाई प्रथमिक्ता दिदै काम गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ ।