साकार बोगटी
धनगढी,
कैलालीमा नेपाली कांग्रेसको भातृ संगठन तरुण दल क्षेत्र नं. ५ प्रदेश ‘ख’ को अगुवाईमा धनगढीमा पानी वितरण कार्यक्रम सम्पन्न गरिएको छ । बुद्धजयन्तीको अवसर पारेर तरुण दलले पानी वितरण कार्यक्रम सम्पन्न गरेको हो ।
धनगढीको चौराहामा नेपाल तरुण दल वडा नं.२ र ३ को आयोजनामा र नेपाल तरुण दल क्षेत्र नं.५ प्रदेश ‘ख’ को अगुवाईमा सम्पन्न भएको पानी वितरण कार्यक्रममा तरुण दलका केन्द्रिय सदस्य दिपेन्द्र बमले सर्व साधारण जनताका लागि पानि वितरण कार्यक्रम राखिएको उनले बताए । बुद्ध जयन्तीको अवसर पारेर तरुण दलका साथीहरुले पानी वितरण कार्यक्रम राखेको मा खुसी व्यक्त गर्दै तरुण दलले वितगको दिनमा पनि सामाजिक काम गर्दै आएको र आगामी दिनमा पनि सामाजिक कामलाई निरन्तर्ता दिदै जाने उनले बताए ।
त्यस्तै नेपाल तरुण दल कैलाली क्षेत्र नं। ५ प्रदेश ‘ख’ का सभापती तेजु रोकायाले बुद्ध जयन्तीको अवसर पारेर पानि वितरण कार्यक्रम सम्पन्न गरिएको उनले बताए । धनगढीका अटो चालक, अटोका सवारी, ट्याक्टर, भारतवाट आएका नागरिक, स्थानिय लगाएतलाई पानी वितरण गरिएको उनले बताए । उनले कार्यक्रममा सहयोग गर्ने तरुण साथीहरुलाई धन्यवाद दिए ।
तरुण वडा नं. ३ का सभापती दिनेश खड्काले हामीले बुद्ध जयन्तीको दिनमा पानी पिलाएर आफ्नो धर्म निभाउने काम गरेको बताए ।
नेपाल तरुण दलले विभिन्न अवसरहरु पारेर सामाजिक काम गर्दै आएको जनाएको छ । आगामी दिनमा पनि सामाजिक काममा निरन्तर लाग्ने तरुण दल कैलालीले जनाएको छ ।