धनगढी – द रिभर ओभरसिजको धनगढीमा शाखा उद्घाटन भएको छ । काठमाण्र्डौको बत्तीसपुतली सडकमा हेड अफिस रहेको द रिभर ओभरसिजले धनगढीमा शाखा बिस्तार गरेको हो । १० वर्ष बढी समयदेखि सेवा दिइरहेको द रिभर ओभरसिजको धनगढी शाखाको नेपाल तालीम तथा रोजगार व्यवसायी महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष प्रमोद पाठकले उद्घाटन गरेका छन् ।
शाखाको उद्घाटन गर्दै प्रदेश अध्यक्ष प्रमोद पाठकले विश्वसनियतालाई कायम गर्दै यहाँका अधिकांश युवाहरुलाई दक्ष बनाएर विदेश पठाउन आग्रह गरेका छन् । कार्यक्रमका विशिष्ट अतिथी नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाले सिप सिकेर मात्र विदेश जान आग्रह गरे । अध्यक्ष देउवाले शिप सिकेर वैदेशिक रोजगारीमा गएको खण्डमा श्रमको उचित मूल्य पाउने बताए ।
उद्घाटन समारोहमा बोल्दै द रिभर ओभरसिजका शाखा प्रबन्धक मनिराज खतिवडाले मेनपावर भन्ने बित्तिकै सबै जनामा अलि नराम्रो धारणा भएपनि आफ्नो क्षेत्रबाट बैदेशिक रोजगारीमा जानेहरु दुःख नपाउने गरी, शिप सही ठाउँमा प्रयोग हुने किसिमले लगानी र मेहेनत खेर नजाने किसिमले सुरक्षित तरिकाले पठाउने प्रतिवद्धता व्यक्त गरेका छन् । सन्तोष भट्टराईको अध्यक्षतामा भएको कार्यालयको उद्घाटन समारोहमा स्वागत झुम अधिकारीले गरेका हुन् ।
धनगढी उपमहानगरपालिका–४, उत्तरवेहडीमा कार्यालय रहेको दर रिभर ओभरसिजको शाखा कार्यालय उद्घाटन समारोको सञ्चालन मञ्जु दाहालले गरेकी थिईन् ।