मङ्लबार, जेष्ठ १९, २०८३

गौरीगंगामा सुत्केरी महिलाको हत्या: देवरबाटै हत्या भएको प्रहरीद्वारा पुष्टि

कैलालीको गौरीगंगा नगरपालिका क्षेत्रमा मृत भेटिएकी सुत्केरी महिलाको हत्या उनका देवरबाटै भएको खुलासा भएको छ। उक्त तथ्य आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दले पत्रकार सम्मेलनमा घटनाको विस्तृत जानकारी दिंदै अनुसन्धानको क्रममा महिलाको हत्या आफन्त देवरबाट भएको पुष्टि भएको बताए।

पत्रकार सम्मेलनमा बोल्दै कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह रानाले घटनालाई जटिल मानिएको भए पनि अनुसन्धान टोलीले सफलता प्राप्त गरेको उल्लेख गर्दै ईप्रका मालाखेतीका अनुसन्धान टोलीलाई पुरस्कृत गरिने घोषणा गरे।

उनले अपराध नियन्त्रण तथा अनुसन्धानमा प्रहरीको भूमिका थप प्रभावकारी बनाउन यस्ता सफल अनुसन्धानले ठूलो प्रेरणा दिने बताए।