मङ्लबार, जेष्ठ १९, २०८३

पावर अफ युथको आयोजनामा क्लिन महेन्द्रनगर ग्रिन महेन्द्रनगर सरसफाई कार्यक्रम

धनगढी – कञ्चनपुरको महेन्द्रनगरमा शनिवार सरसफाई कार्यक्रम आयोजना गरिएको छ ।
पावर अफ युथको आयोजनामा क्लिन महेन्द्रनगर ग्रिन महेन्द्रनगर अभियान अन्तर्गत सरसफाई कार्यक्रम गरिएको हो ।

महेन्द्रनगरको मदनचोकदेखि चम्मनचोकसम्म बृहत सरसफाइ कार्यक्रम आयोजना गरिएको पावर अफ युथका संयोजक अंकित जोशीले जानकारी दिए । उनले भने हामीले गाजा उमे्रको ठाउँमा, पालष्टिक जन्य फोहोर, सिसा, नालामा आज सरसफाई गरेको बताए ।

संयोजक जोशीले कार्यक्रममा सहभागी सम्पूर्ण विद्यालय, एवं संघसंस्थाहरुप्रति धन्यवाद दिए । नगरको स्वच्छता हामी सबैको साझा जिम्मेवारी हो तसर्थ सम्पुर्ण कञ्चनपुरवासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा आ–आफ्नो स्तरबाट अभियानमा सहभागिताको उनले अनुरोध गरे ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, सशस्त्र प्रहरी बल नेपाल कञ्चनपुर, स्थानिय, विध्यालयका विध्यार्थीहरु, स्वस्फुर्त युवाहरु लगाएतको सहभागिता रहेको थियो ।