काठमाडौ । प्रहरी प्रधान कार्यालयले कैलालीका एसपी बालनरसिंह राणालाई सरुवा गरिएको छ । जिल्लामा शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै उनलाई सरुवा गरिएको हो।
जेलभित्र बारम्बार झडप हुँदा पनि उनले राम्रो समन्वय गर्न सकेका थिएनन्। सोही प्रकरणमा सिडिओ गोगन हमाललाई तीन हप्ताअघि नै सरुवा गरिएको थियो ।
कैलालीको नयाँ प्रमुखमा एसपी नरेन्द्र चन्दलाई जिम्मेवारीमा सरुवा गरिएको छ ।