सोमवार, जेष्ठ १८, २०८३

धनगढी चौराहमा विधुत अगाडी प्रहरीको गाडीवाट सवारी गाडीलाई ठक्कर, छ लेन सडकमा पार्किङ र बस विसौनी नहुदा दुर्घटनाको जोखिम

दिप श्रेष्ठ
धनगढी – धनगढी चौराह विधुत अगाडी जिल्ला प्रहरी कार्यालय कैलालीको गाडीले सवारी गाडीलाई ठक्कर दिदा गाडीमा क्षती भएको छ ।
वडा प्रहरी कार्यालय धनगढीका अुनसार जिल्ला प्रहरी कार्यालय कैलालीको बा. २ झ १८९२ नं को प्रहरी गाडीले छ लेन सडक विधुत अगाडी गाडी व्याक गर्ने क्रममा सवारी इभी गाडी सु.प्र.प. ०१–००१ न १५५९ नं. को गाडीलाई ठक्कर दिएको हो ।

दुर्घटना पछि स्थानियले दुर्घटनाको मुचुल्ला घटना स्थलमा नै गर्नु पर्ने माग गर्दै विरोध गरेका थिए । इभि गाडी चालक बल देव ओझाले सडकमानै पार्किङ गर्ने व्यवस्था भएकाले पार्किङ गरेको बताए उनले भने मेरो गाडी प्रहरीले बनाउनु पर्ने उनको माग छ । दुर्घटना मुचूल्का ढिलो गरी बनाउन खोज्दा स्थानिय आक्रोशित भएका थिए ।


त्यस्तै वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक योगेश खत्रीले प्रहरीको गाडीवाट इभि गाडी व्याक गर्ने क्रममा ठोकिएको हो । हामीले घटना मुचुल्का तयार गरि सकेको र गाडी मर्मत गर्ने सहमती भएको बताए ।
स्थानियका अनुशार धनगढी उपमहानगरपालिकामा छ लेन सडकमा न पार्किङको व्यवस्था छ न त बस विसौनी नै छ । जस्ले गर्दा सडकमानै पार्किङ गर्नु पर्ने बध्यताका कारण दुर्घनाको जोखिम बढेको बताइएको छ ।