सोमवार, जेष्ठ १८, २०८३

प्रधानमन्त्री ओली चीनमा, राष्ट्रपति सीसँग भेटवार्ता आजै

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन आज चीनको थियानजिन शहरमा आइपुगेका छन्।

चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्थानीय समय अनुसार दिउँसो ३ः१५ बजे हिमालय एयरलाइन्सनको विमानमार्फत थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्।

उनलाई चीन सरकारका उच्चाधिकारी र नेपालका लागि चीनका राजदूत डा. कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत चेन सोङलगायतले स्वागत गरे।

आजै राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच भेटवार्ताको कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।