सोमवार, जेष्ठ १८, २०८३

ट्राफिक प्रहरीलाई ३० लाख बराबरको सामाग्री सहयोग

धनगढीः सुदूरपश्चिम सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरीलाई ३० लाख बराबरका सामान वितरण गरेको छ।

शनिवार कानुन मन्त्री हिरा सिंह सार्कीले प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रेम शाहीलाई एक कार्यक्रमका बीच सामान हस्तान्तरण गरेका हुन्। जसअन्तरगत डकिङ स्टेशन र भण्डार प्रणाली, प्रिन्टरको साथ ब्रेथलाइजर, फ्लोरोसेन्ट ज्याकेट, २ टन एसी जडान सहित, वौडी वर्न क्यामेरा, म्याजिक लाइट लगायतका सामाग्री सहयोग गरिएको मन्त्री सार्कीले बताए।