सोमवार, जेष्ठ १८, २०८३

के तपाई ई सेवा प्रयोग कर्ता हुनुहुन्छ सावधान हुनुहोला यस्तो सम्म हुन सक्छ ?

दिप श्रेष्ठ
धनगढी –
धनगढी उपमहानगरपालिका वडा नं. २ मा बस्छन् आदित्य चौधरी । उनी नियमित रुपमा ई सेवा डिजिटल वालेट प्रयोग गरिरहेका छन् । ई सेवा वाट नै उनले पछिल्लो समय डिजिटल कारोवार गरिरहेका छन् तर हिजो उनलाई ईसेवा वाटनै झस्किने किसिमको घट्ना घट्यो । उनले आफ्नो समस्याको वारेको ईसेवा सेन्टरलाई खवर समेत गरे इ सेवा कर्मचारीले इमेल मार्फत आफ्नो समस्या पठाउन भने र २४ देखि ४८ घण्टा भित्र तपाईको समस्या समाधान हुन्छ भने तर त्यसो भएन् ।
घटन के भएको थियो – भदौ १३ गते अजिज मोवाईल सेन्टर, रुपन्देही वाट नौ हजार चार सय एक बजेर एघार मिनेट जादा आदित्य चौधरीको ई सेवा नं. ९७६७७०६४७१ मा पैसा प्राप्त गरे । न चिनेको नजानेको नं. वाट उनलाई पैसा पाएको दुई मिनेट नवित्दै १३ गते नै दिउसो १ बजेर १३ मिनेटमा उनको इ सेवा आइडि वाट नविल बैंक अनिल कुमार यादव खाता नंं. २५२१००१७५०००४६ नं. को खातामा दश हजार २ सय पचास उनको आइडि वाट आफै काटियो । यो घट्नाले उनलाई तर्सित बनाएको छ ।
न लिनु पर्ने पैसा आउदा उनको अनुमतिले आयो उनको ई सेवा आइडि वाट आफै अर्काको बैंकमा उनको अनुमति विना पैसा आफै गयो उनले भने ।
यो विषयलाई लिएर मलाई आज छुट्टै मोवाईल नं. वाट फोन आयो, जो अजित मोवाईल सेन्टर रुपनदेहीको थियो उनले भने त्यहाँ वाट अजित मोवाइल सेन्टर रुपन्देहीका व्यक्तिले सम्पर्क गरेका थिए । उनले भने मेरो ई सेवा आइडि वाट तपाइकोमा ९ हजार ४ सयको दरले रकम आफै गएको छ त्यो रकम फिर्ता गरिदिनुहोस भन्दा आदित्यले आफ्नो पनि वेलि विस्तार सुनाए । यस विषयलाई लिएर अजित मोवाइल सेन्टर रुपनदेहिका प्रतिनिधि कपिलवस्तु इलाका प्रहरी कार्यालय सपारा प्रहरीकोमा निवेदन दिएका रहेछन् । त्यहाँका प्रहरी कार्मचारीले आदित्यलाई सम्पर्क गरे र सम्पर्क गर्दा रुपन्देही प्रहरीलाई समेत उनले बेली विस्तारमा सुनाए । तर रुपन्देही प्रहरीले यस्तो हुनै नसक्ने भन्दै तिमि फस्छौ भन्दै प्रहरीले व्यलेम लगाएको बताए । उनले कैलाली जिल्ला प्रहरीमा मौखिक जानकारी गराएको र भोलि निवेदन सहित जाने उनले बताएका छन् ।

सनराईज न्युज टिमले अजिज मोवाईल ग्यालरीको मोवाईल नं. मा सम्पर्क गर्दा सम्पर्क हुन सकेन र प्रहरी कार्यालय रुपन्देहीमा सम्पक नं. ९८५७०५१९४० मा सम्पर्क गर्दा रुपन्देही प्रहरीका प्रहरी हवलदार सुमन्ता कम्तिले ई सेवा वाट पैसा काटिएको निवेदन आएको र कैलाली वस्ने आदित्य चौधरीलाई सम्पर्क गरेको उनले बताए । उनले भने तपाई ठगिनु भएको छ भने नजिकैको प्रहरी कार्यालयमा जान उनले अनुरोध गरेको बताए ।

यस सम्बन्धिमा ई सेवा सुदूरपश्चिमका प्रतिनिधि महेन्द्र शाही संग सम्पर्क गर्दा उनले भने हामीले यस्तो घट्नाको धनगढीको ब्रान्च वाट हेर्न न मिल्ने र यस्तो भएको छ भने कारोवार रोक्काका लागि माथिका प्रतिनिधि संग सहकार्य गर्न सकिने बताए । उनले भने यस्कालागि पुलिस केस हुन्छ प्रहरीले जे जे माग्नु हुन्छ त्यसको विवरण दिन सकिने उनले बताए र तत्कालका लगि कारोवार रोक्का गर्न सकिने उनले बताए ।

यस्ता स्क्यामका घट्ना पछिल्लो समय विभिन्न डिजिटल माध्यमवाट नेपालमा वढ्दै गएको छ । नेपालको नै प्रतिष्ठित कम्पनी ई सेवा वालेटमानै यस्तो किसिमको समयस्या आउदा ई सेवा कम्पनीले समयमानै ध्यान दिन जरुरी छ नत्र भने जनताले विश्वास गर्ने ठुलो डिजिटल वालेट कम्पनीको विश्वसनियता प्रति प्रश्न उठ्न सक्छ ।