काठमाडौं । बैतडीकी राजमती कोली चार दिनदेखि काठमाडौंको माइतीघरमा धर्नामा बसेकी छन् । मृतक छोरा किरणको न्यायका लागि धर्नामा बसेकी हुन् ।
सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पालले पेट्रोलपम्प बनाउनका लागि गिरीबगडस्थित चमेलिया खोलाबाट अवैध रूपमा निकालेका बालुवाको थुप्रोमा चढ्दा करेन्ट लागेर गत साउन १७ गते किरणको मृत्यु भएको थियो ।