आइतवार, जेष्ठ १७, २०८३

जेन्जी आन्दोलनमा पूर्व कर्मचारी शाहको संलग्नता संस्थागत होइनः चैतन्य पाठशाला

धनगढीः धनगढी–५ शिवनगरमा अवस्थित चैतन्य पाठशालाले आफ्नो प्रतिष्ठामाथि लक्षित गरी सार्वजनिक भएका टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ।

विद्यालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै पूर्व कर्मचारी भरतविक्रम शाहको जेनजी आन्दोलनमा व्यक्तिगत संलग्नता भएलाकाले सामाजिक सञ्जालमार्फत संस्थाबारे भ्रमपूर्ण र अप्रामाणिक प्रचार नगर्न आग्रह गरेको छ।