आइतवार, जेष्ठ १७, २०८३

जेनजी आन्दोलनमा भएको घटना छानबिन आयोग गठन गर्दै सरकार, मन्त्रिपरिषद बैठक बस्दैछ

काठमाडौं– जेनजी आन्दोलनका क्रममा भएको घटना, क्षति र घुसपैठको विषयमा छानबिन गर्नका लागि सरकारले आयोग गठनको तयारी गरेको छ।

त्यसका लागि सोमबार मन्त्रिपरिषद बैठक बस्ने तयारी भएको छ। सोमबारको बैठकमा नै आयोग गठन गरिने बताइन्छ।

आन्दोलनका क्रममा गोली हान्ने आदेश नभएको र प्रहरीसँग नभएका गोली भेटिएको भनी यसअघिका प्रधानमन्त्री रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले गम्भिर बयानबाजी गरेका थिए।

मन्त्रिपरिषद बैठकको समय तय नभए पनि प्रधानमन्त्री सुशीला कार्कीले तयारी गरेको स्रोतले जनाएको छ।