आइतवार, जेष्ठ १७, २०८३

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन- चाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक तोला सुनको मूल्य २ लाख १७ हजार १०० कायम भएको छ। महासंघका अनुसार  यो हालसम्मकै उच्च मूल्य हो।

यसैगरी चाँदीको मूल्यले पनि ऐतिहासिक रेकर्ड बनाएको छ। आज प्रतितोला चाँदी २ हजार ६२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।