शनिबार, बैशाख १९, २०८३

कांग्रेस केन्द्रीय समिति बैठकमा विशेष महाधिवेशनको माग दाबी पुग्यो, ४० प्रतिशत हस्ताक्षर

काठमाडौं– आगामी आइतबार हुने नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा विशेष महाधिवेशनको मागदाबी पुगेको छ।

केन्द्रीय समितिमा ४० प्रतिशत हस्ताक्षरसहित विशेष कारण देखाउँदै महाधिवेशनको मागका निम्ति नेता शेखर कोइराला, महामन्त्री गगन थापालगायत प्रस्तुत हुनेछन्।

सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक डाकेका छन्। कांग्रेसमा नेतृत्व पुनर्गठनको विषयलाई यसअघि नै गहिरोगरी उठाइसकिएको छ।
जेनजी आन्दोलपछि कांग्रेसमा पार्टीमा नयाँ ढंगले जानुपर्ने आवाज बलियो बनेको थियो।