काठमाण्डौं – जेनजी समूहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाव दिइरहेका बेला अब आन्दोलन भएमा सक्कली नक्कली प्रहरी छुट्याउनै समस्या पर्ने सुरक्षकर्मीले ब्रिफिङ गरेका छन ।
प्रहरी प्रमुखसहितका वरिष्ठ अधिकारीहरु गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर प्रहरीका बर्दी पनि लुटिएको, हतियार पनि लुटिएको र हतियार चलाउन जान्ने जेलबाट भागेका पेशेबर अपराधी पनि बाहिरै भएकाले घुपैठको हुन सक्ने ब्रिफिङ गरेका हुन ।
यस्ता व्यक्ति बर्दी लगाएर, प्रहरीका हतियार बोकेर प्रदर्शनमा छिरेर गोली चलाए भने सक्कलीले चलाएको हो किन नक्कलीले भनेर छुट्टाउन सक्ने अवस्था नहुने सुरक्षा अधिकारीले गृहमन्त्रीलाई बताएका थिए ।
गृहमन्त्री अर्यालले भने २३ गतेको आन्दोलन दमन गर्ने अधिकारीहरुविरुद्ध जाहेरी नलिएसम्म जेनजीको आक्रोशलाई मथ्थर पार्न नसकिने र आफूले भन्दैमा जेनजीले प्रदर्शन रोकिन नसक्ने बताएका थिए ।
तर प्रहरी अधिकारीहरुले विधि र प्रकृयाअनुसार जाहेरी प्रकृया हुनुपर्ने भन्दै त्यस्तो विधि गृहमन्त्रीले बनाइदिनुपर्ने बताएका थिए ।
जेन जी प्रदर्शनका क्रममा हराएका करिब १२ सय हतियार फेला परेका छैनन् । सो क्रममा प्रहरी पोशाक पनि लुटिएको थियो ।