दिप श्रेष्ठ
धनगढी –
कैलालीको ईलाका प्रहरी कार्यालय हसुलियाका इन्चार्ज प्रहरी नायव निरिक्षक ऐन बहादुर पालले मासिक असुलिमा संलग्न रहेको बताइएको छ । उनले आफ्नो इलाका भित्रका विभिन्न तस्किर, होटलको नामनै नखुलाइएका यौन धन्दा चलाइरहेका होटलहरुवाट मासिक रकम संकलन गरी यौन धन्दालाई प्रसय दिइरहेको स्थानीयहरुको गुनासो रहेको छ ।
स्रोतका अनुशार पालले सादापोसाकमा आफुमातहतका प्रहरी कर्मचरी नै खटाएर मासिक रुपमा असुली धन्दा चलाइरहेको पाइएको हो । हामीलाई प्राप्त बैंक स्टेट्मेन्टका आधारमा मासिक उनले एक देखि डेढ लाखका दरले असुली गरी रहेका छन् ।
स्रोतका अनुशार उनले लुसा पेट्रोल पम्प वाट दुइ सय मिटरमा रहेको नाम नराखिएको र महिलाले सञ्चालन गरिरहेको होटल वाट मासिक बाह्र हजारका दरले रकम लिदै आएको र यौन धन्दालाई प्रसय दिइ रहेका छन् । उनले हसुलिया, शिवरत्नपुर, मोहनपुर, छोट्की पलिया नाकावाट तस्किरी गरी ल्याइने कपडावाट मासिक बिस हजारका दरले लाइन खाइरहेको स्रोतले बताएको छ । त्यस्तै उनले किराना पसलका सामान वाट पाँच वाट पसल वाट पाँच हजारका दरले लाइन खाएर सामान भित्राउने गरेका छन् ।

त्यस्तै स्रोतको दावी अनुशार बल बहादुर चौधरी लगायत तस्किरहरुवाट पनि मासिक रकम लाइन मिलाएर रकम बझ्दै आएको बताइएको छ । हामीलाई प्राप्त स्टे्टमेन्टका आधारमा २० सेप्टेम्वर २०२५ मा सत्तरिहजार उनले आफ्नो खातामा बुझेका छन् । त्यस्तै नेपाल राष्ट्र बैंकको ऐन बहादुर पाल नाम गरेको मोवाइल नं.९८६४९०८५०७ मा मिति २०२५ सेप्टेम्बर १८ मा एक लाख पाँच हजार रकम उनले अवैध असुली गरेको रकम बुझेका हुन ।

स्रोतका अनुशार पालले आफु मातहत रहेका प्रहरी कर्मचारीले उनका अनुशार मासिक संकलनको काम नगरे दरवन्दि पठाउने धम्कि दिने लगाएतका गतिविधि गरिरहेको बताइएको छ ।
हामीले ईलाका प्रहरी कार्यालयको हसुलिका प्रमुख पाल संग बझ्न खोज्दा उनले यो सरासर झुठो भएको बताए । उनले भने सत्तरि हजार बहिनीको तिर्नु पर्ने थियो त्यही भएर मिना पालको खातामा हालेको र पन्ध्र हजार अस्मिता पालको स्कुलको खातामा हालेको र विस हजार ममता पालको स्कुलको खातामा हालेको उनले बताए । उनले भने मेरो रिण लागेको पैसा आफ्नो तलवको पैसा वाट तिरेको बताए । उनले भने जिल्लाको कन्ट्रोलका भुपेन्द्र शाह लाई सोध्दा हुन्छ । उनले भने मेरो मोवाइल बैंकिङ् नभएका कारणले हिक्मत भट्ट नाम गरेको भाइको खातमा हालेको बताए । एक लाख पाँच हजार मैले राष्ट्रिय वाणिज्य बैंक वाट निकालेर मेरो दशैं पेश्की र तलव मेरै स्टाफको खातामा हालेर पठाउन लगाएको उनको दावी छ ।